Section 25
कारबाहीको लागि लेखी पठाउन सक्ने
संविधान वा यस ऐन बमोजिम कुनै निकाय वा पदाधिकारीले आयोगले दिएको आदेश, आयोगको निर्णय वा सिफारिस जानीजानी कार्यान्वयन नगरेमा वा आयोगलाई आवश्यक सहयोग उपलब्ध नगराएमा आयोगले त्यस्तो निकाय वा अधिकारीको तालुक निकाय वा अधिकारी समक्ष आवश्यक कारबाहीको लागि लेखी पठाउन सक्नेछ ।